हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो, ४ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ९ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार पनि स्थानीय कोरोना सङ्क्रमित को संख्या शून्यमा झरेको जनाएको छ।

यद्यपि, ४ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या ११,८७३ पुगेको छ।

.

आयातित सङ्क्रमितहरुमा लेबनान, इन्डोनेसिया, श्रीलंका र अष्ट्रियाबाट आएका रहेका छन्। लेबनानबाट आएका ३२ वर्षीय पुरुषले ३ अप्रिल र १ मेमा गरी सिनोभ्याकको दुई खोप लिइसके पनि उनका कोरोना पोजेटिभ देखिएको जनाइएको छ।

अहिले कोरोना सङ्क्रमित ४१ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० रहेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42867