हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो, २ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार पनि स्थानीय कोरोना सङ्क्रमित को संख्या शून्यमा झरेको जनाएको छ।

यद्यपि, २ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या ११,८७५ पुगेको छ।

.

आयातित सङ्क्रमितहरुमा बेलायतबाट आएका २० वर्षीय पुरुष र मारिटानियाबाट आएका ५१ वर्षीय पुरुष रहेका छन्।

अहिले कोरोना सङ्क्रमित ४२ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० रहेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Leave a Reply

42882
%d bloggers like this: