हङकङ कोरोना न्युज अपडेट : आज कोरोना सङ्क्रमित संख्या शून्य…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार हङकङमा कोरोना सङ्क्रमित को संख्या शून्यमा झरेको जनाएको छ।

यसअघि, आयातित सङ्क्रमितहरु थपिदै आएकोमा आज भने नथपिएको हो। हङकङमा हालसम्म कोरोना सङ्क्रमितको संख्या कुल ११,८७५ पुगेको छ।

.

अहिले कोरोना सङ्क्रमित ४२ जनाको मात्र उपचार भइरहेको र बाँकी सङ्क्रमणमुक्ता भइसकेका छन्। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको छ।

कोरोनाबाट हङकङमा २१० जनाको ज्यान गइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42897