हङकङ कोरोना न्युज अपडेट : लगातार नवौं दिन लोकल केस जिरो, १ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ। स्थानीय सङ्क्रमित संख्या लगातार शून्यमा झरेको यो नवौं दिन हो।

यद्यपि, १ जना आयातित सङ्क्रमित थपिएको छ। आयातित सङ्क्रमितमा श्रीलंकाबाट आएका ४५ वर्षीय पुरुष रहेका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या कुल संख्या ११,८८२ पुगेको छ।

[wds id=”2″]
.

अहिले कोरोना सङ्क्रमित ३९ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २१० ले ज्यान गुमाएका छन्।

आज ३५,३६२ जनाले कोरोनाबिरुद्ध खोप लिएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध ३०,४१,७०० खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

42998