एनआरएन जापानमा अनियमितताको विवाद

गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ। सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उनका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन।

एनआरएन जापान

कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु एघार लाख अनियमितता भएको विवाद छ। विवाद तत्काल समाधान नभएपछि छानबिनका लागि अन्तर्राष्ट्रिय समितिमा लिखित आग्रह गरिएको छ। यो विवादले राजनीतिक रुप लिने समेत देखिएको छ।

एनआरएनए, जापानभित्र भ्रष्टाचारको आरोप यसअघि सन २०१७ मा पनि लागेको थियो । त्यसबेला बनाइएको छानबिनका समितिले भ्रष्टाचार भएको ठहर गरेको थियो । एनआरएनए, जापानका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिवसहित बहुमत कार्यसमिति सदस्यले अध्यक्ष भण्डारीमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै राजीनामा नदिए निलम्बन गर्ने तयारी गरेका छन । अध्यक्ष भण्डारीले भने उक्त आरोप केवल आरोप मात्रै भएकाले आफूले अनियमितता नगरेको जिकिर गरे । यो विवादले समयमा अधिवेशन नहुने आशंका पैदा भएको छ।

क्षेत्रीय कमिटीहरु र एक हजारभन्दा बढी सदस्य रहेको क्षेत्रीय कमिटीको निर्वाचन भइरहेको छ । यही जुन महिनाभित्र १२ वटै क्षेत्रीय कमिटीको अधिवेशनसहित नयाँ नेतृत्व चयन प्रक्रिया सकाउन एनआरएनए जापानले निर्देशन दिएपछि उक्त प्रक्रिया शुरु भएको हो।

हालसम्म नागोया, क्युुसो, चिबा, तोचिगि, कान्तो, ओकिनवा, कान्साई, नागानौसहितका क्षेत्रीय कमिटीका अधिवेशन सकिएको छ। नागोया क्षेत्रीय कमिटीले भने आफनो अधिवेशन सकाएका भएपनि नयाँ नेतृत्व चयन प्रक्रियामा विवाद देखिएको छ।

रासस





Comments

comments

Leave a Reply

43149