न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २५ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ।
यद्यपि, ४ जना आयातित कोरोना सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९१० पुगेको छ।
[wds id=”2″]
.
आयातित सङ्क्रमितमा इन्डोनेसियाबाट आएका २ जना, बेलायतबाट १ र बंगलादेशबाट आएका १ जना रहेका छन्।
अहिले कोरोना सङ्क्रमित ४२ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।
कोरोना सङ्क्रणका कारण हङकङमा २१० ले ज्यान गुमाएका छन्।
आज ५७,७४५ जनाले कोरोनाबिरुद्ध खोप लिएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध ३४,५२,४५६ खोप दिइसकेको छ।
कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्