हङकङमा यसरी ठगिदै छन् सर्वसाधारण…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३ जुलाई। हालै सर्वसाधारण जनताले आफू ठगिएको उजुरी प्रहरीसमक्ष दिएका छन्। स्क्यामरहरुले धोखाधडी गरेर ईमेल एकाउण्ट तथा ई वालेटका भेरिफिकेशन कोड नम्बर मागेर पैसा अन्तै सारिएको पाइएको छ।

स्क्यामरहरुले सामाजिक संजालका म्यासेन्जरबाट पीडितलाई सम्पर्क गरेर आफूहरुले खोलेको भाग्यशाली चिठ्ठा परेको र पुरस्कार लिनको लागि ईमेल एड्रेस र फोन नम्बर उपलब्ध गराउन आग्रह गरेको थाहा भएको छ। इमेल र ई-वालेट रिसेट गर्नको लागि पीडितसंग भेरिफिकेशन कोड उपलव्ध गराउन आग्रह गरेको पाइएको छ।

स्क्यामरले भेरिफिकेशन कोड पाएपछि पीडितको एकाउण्ट ह्याक गरेर ई-वालेटबाट पैसा सारिएको पाइएको छ।

यदि अपरिचितबाट यस्तो शंकास्पद म्यासेज आएमाः

लक्की ड्रको खोल्ने भनिएको संस्था सही हो वा नक्कली हो भेरिफाई गर्नुहोस्।

तपाईंको ई-वालेट पासवर्ड नियमित परिवर्तन गर्नुहोस्;

तपाईंको ई-वालेटको नोटिफिकेशन अन गर्नुहोस् र सम्बन्धित ईमेल र एसएमएस सन्देशहरूमा नजर राख्नुहोस्। यदि कुनै शंकास्पद लेनदेन वा परिवर्तन भेटिएमा सम्बन्धित ई-वालेट प्रदायकसँग सम्पर्क गरेर भेरिफाई गर्नुहोस्;

अपरिचितहरूलाई तपाइँको इ-वालेटको पासवर्ड वा कुनै पनि एसएमएस कोड नदिनुहोस्;

यदि शंका लागेमा सहयोगको लागि एन्टी-स्क्याम हेल्पलाइन १८२२२ मा सम्पर्क गर्नुहोस्।

थप जानकारीको लागि यो लिङ्कमा जानुहोस्-
https://www.adcc.gov.hk/en-hk/alerts-detail.php?post=alerts-2021-06-10-1

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

43350