हङकङमा अत्यधिक गर्मीले हाईकिङ गएका युवकको मृत्यु, अर्कालाई अचेत अवस्थामा हेलिकप्टरबाट उद्धार गरियो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३ जुलाई। अत्यधिक गर्मीका कारण पैदल यात्रामा गएका एक युवकको शनिवार मृत्यु भएको छ।

फाइल फोटो

साई कुङमा पैदल यात्रा गर्ने क्रममा २४ बर्षीय युवकको अत्यधिक गर्मीले ढलेर मृत्यु भएको समाचारमा जनाइको छ। त्यस्तै, अर्का ५० वर्षीय पुरुषलाई अचेत अवस्थामा उद्धार गरिएको छ।

उनीहरु दुबैलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो। इस्टर्न अस्पतालले २४ वर्षीय युवकलाई मृत घोषित गरेको छ। अर्काको अवस्थामा सुधार आएको जनाएको छ।

आज धेरै गर्मी हुने मौसमी चेतावनी थियो। सरकारले मानिसहरूलाई घर बाहिरको गतिविधिहरूमा नलाग्न चेतावनीसमेत दिएको थियो।





Comments

comments

Leave a Reply

43374