हङकङलाई पहिलो स्वर्ण पदक!

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २६ जुलाई। हङकङका २४ वर्षीय चेयङ का लोङले टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेर इतिहासमा आफ्नो दर्ज गराएका छन्।

चेयङ का लोङले मेन्स इन्डिभिजल फोइलको फाइलन खेलमा इटालीका खेलाडी डानिएल गारोजोलाई (१५-११) ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।

सन् १९९६ पछि हङकङले स्वर्ण पदक जितेको यो पहिलो पटक हो।

हङकङका खेलाडीको मेन्स इन्डिभिजल फोइल खेलमा यो पहिलो ऐतिहासिक जित हो।

हङकङ सरकारले व्यक्तिगत स्वर्ण पदक जित्ने विजेतालाई ५ मिलियन डलर इनाम दिने घोषणा गरेको छ।

Hong Kong men’s foil fencer Cheung Ka Long bags historic gold medal at Tokyo Olympics.

फोटोः एएफपी





Comments

comments

Leave a Reply

43953