हङकङले नयाँ शैक्षिक वर्ष आधा दिनमात्र सञ्चालन गर्ने…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ अगष्ट। हङकङ सरकारले आगामी शैक्षिक वर्ष (2021-22) मा विशेष विद्यालयसहित सबै किन्डरगार्टेन, प्राथमिक र माध्यमिक विद्यालयका कक्षाहरु आधा दिन मात्र सञ्चालन गर्ने जनाएको छ।

कोरोना महामारी नियन्त्रणको निश्चितता नभएपछि गत शैक्षिक वर्ष जस्तै नयाँ शैक्षिक वर्षमा कक्षाहरु आधा दिन मात्र सञ्चालन गर्ने सरकारले निर्णय गरेको हो।

शिक्षा सचिव केविन युअन युन हङले आज एक पत्रकार सम्मेलनमा बोल्दै विशेष विद्यालयहरु र गैरस्थानीय पाठ्यक्रम र ट्यूटोरियललगायत कक्षाहरुसमेत आधा दिनको आधारमा जारी राख्न सक्ने जानकारी दिएका हुन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

44123