हङकङका नागरिक १८ महिनासम्म अमेरिकामा बस्न सक्ने…

एजेन्सी –

काठमाण्डौं, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकहरु अस्थायी रुपमा अमेरिका बस्न सक्ने बताउनुभएको छ।

चीनले हङकङको स्वतन्त्रता हनन् गरिरहेको भन्दै राष्ट्रपति बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकलाई १८ महिनासम्म त्यहाँ बस्ने अनुमति दिने बताउनु भएको छ। यो प्रस्तावबाट यसअघि नै अमेरिका पुगेका हजारौं हङकङका नागरिकलाई फाइदा हुनेछ।

गएको वर्ष चीनले हङकङमा कडा सुरक्षा कानुन लागू गरेपछि अमेरिकाले हङकङका नागरिकलाई आफ्नो देशमा ढोका खुला गरेको थियो। चीनले भने अमेरिकाको पछिल्लो निर्णयको आलोचना गरेको छ।





Comments

comments

Leave a Reply

44258