हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ अगष्ट। सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, २ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,००५ पुगेको छ।

आयातित सङ्क्रमितमा रसिया र संयुक्त राज्य अमेरिकाबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये १ जना स्थानीय र अरु आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ३१ जनाको उपचार भइरहेको छ। आज ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

44268