साराह लीलाई साढे १२ लाख डलर नगद पुरस्कार….

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ अगष्ट । टोकियो ओलम्पिकमा महिला ट्रयाक साईक्लिङतर्फ कास्य पदक जितेकी हङकङकी खेलाडी साराह लीले साढे १२ लाख हङकङ डलर नगद पुरस्कार पाउने भएकी छन्।

हेन्डरसन ल्याण्डले उनलाई साढे १२ लाख हङकङ डलर नगद पुरस्कार वितरण गरिने भएको हो। हेन्डरसन ल्याण्डले टोकियो ओलम्पिकमा पदक जितेका सबै खेलाडीलाई लगभग २० मिलियन डलर नगद पुरस्कार दिने छ।

हङकङकी खेलाडीले साराह ली (Sarah Lee Wai Tze) ले आज बिहान सम्पन्न महिला ट्रयाक साईक्लिङतर्फ कास्य पदक जितेकी थिइन्।

उनले टोकियो ओलम्पिकमा कास्य पदक जितेर इतिहासमा आफ्नो नाम दर्ज गरेकी छन्।

उनले जर्मनी खेलाडी Emma Hinze लाई पराजित गर्दै सो पदक हासिल गरेकी हुन्।

हङकङले टोकियो ओलम्पिकमा पदक जितेको यो छैठौं पटक हो। हङकङ टिमले अहिलेसम्म १ स्वर्ण, २ रजत र ३ कांस्य जितेको छ।

जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले टोकियो ओलम्पिकमा पदक जित्नुलाई विशेष उपलब्धी मानिएको छ।

फेसबूकमा हेर्नुहोस् https://www.facebook.com/our.hknepal/posts/10165342967635414





Comments

comments

Leave a Reply

44306