प्रवासी नेपाली मञ्च युकेद्वारा भूपू गोर्खाका मागहरू पुरा गराउंन जोड..

लन्डन, प्रवासी नेपाली मञ्च युकेले सत्याग्रह अन्दोलन गर्दै अनशनमा बसिरहेका भूपू गोर्खा सैनिकका समान पेन्सनलगायतका मागहरू पूरा गराउंन जोड दिदै सत्याग्रह आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।

सङ्गठनका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्षसमेत रहेका प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष भक्त गुरुङको नेतृत्वमा संगठनका पदाधिकारीहरूको एक प्रतिनिधि मण्डलले बेलायतका प्रधानमन्त्रीको कार्यालय अगाडि टेन डाउन स्ट्रिटमा अनशनमा बसिरहेका सत्याग्रही नेतृत्वकर्ता ज्ञानराज राईलगायतका अनशनकारीहरूलाई भेटी सत्याग्रह आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेको थियो। उक्त अवसरमा सत्याग्रह आन्दोलनका संयोजक कृष्ण राईलाई अध्यक्ष भक्त गुरुङले सङ्गठनको तर्फबाट ऐक्यबद्धता-पत्र हस्तान्तरण गर्नुहुँदै भूपु गोरखा सैनिकहरूका मागहरू नितान्त जायज छन् बेलायत सरकारले अविलम्ब यि मागहरू पूरा गरोस् भन्ने चाहना बेलायतका आम जनसमाजको रहेको चर्चा गर्नु भयो। अध्यक्ष गुरुङले सत्याग्रहीमाथि कुनै पनि किसिमको प्रहरी हस्तक्षेप र बलको प्रयोग सैह्य नहने चर्चा गर्नुहँदै प्रहरीका यस्ता मानव अधिकारविरोधी कार्यप्रति बिरोध जनाउँदछौँ भन्नु भयो।

अर्का वक्ता संगठनका पूर्व अध्यक्ष दिनेश घिमिरेले यो देशको सुरक्षाका लागि जीवनको बलिदान दिन समर्पित भूपू गोरखाहरूका जायज मागहरू सरकारले विनाहिच्किचावट यथाशीघ्र पूरा गर्नु पर्दछ भन्नुहुँदै सत्याग्रह आन्दोलनको पक्षमा बेलायती जनसमाजको समेत समर्थन रहेका चर्चा गर्नु भयो।

भूपू गोरखा सत्याग्रह ऐक्यबद्धता कार्यक्रम स्थल टेन डाउन स्ट्रीट, लन्डन ।

यसैगरी, महासचिव सुरेशजङ्ग शाहले गोरखा सैनिकहरूका योगदानले यो माटो र मुटुसँग सम्वन्ध राखेको चर्चा गर्नु हुँदै भूपू गोरखाहरूप्रति बेलायती सरकारले पक्षपातपूर्ण ब्यबहार गर्नु नहुने आमजनसमाजको धारणा रहेको विचार ब्यक्त गर्नु भयो।

यसअघि, केन्द्रीय सदस्य नरेन्द्र तामाङगले सत्याग्रह आन्दोलनप्रति आम जनसमाजको चिन्ता रहेकोर सरकारले भूपू गोरखा सैनिकका मागहरू पुरा गरी उनीहरूको योगदानको कदर गर्नु पर्ने कुरा प्रकाश पार्नुभयो।

आन्दोलनका संयोजक कृष्ण राईले भूपू गोरखा सैनिकहरूका समस्या र सत्याग्रह आन्दोलनको उद्धेश्यबारे जानाकारी दिनु भएको थियो।

ऐक्यबद्धता प्रतिनिधि टोलीमा सहभागिता राख्नु हुने अन्य केन्द्रीय पदाधिकारीहरूमा उपाध्यक्ष सरस्वती केसी, उपाधयक्ष तुङ्गभद्र भुषाल, कोषाध्यक्ष पुन्य रेग्मी विभागीय प्रमुखहरू जीवन सेन, बालकृष्ण भुषाल, ह्यारी गुरुङ, केन्द्रीय सदस्यहरू प्रकाश कँडेल, प्रेम गुरुङ र क्षेत्रीय सदस्य भिमलाल भट्टराईलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

ऐक्यबद्धता कर्यक्रम पश्चात सोही मागलाई सरकारी स्तरबाट कुटनीतिक पहलका लागि अध्यक्ष भक्त गुरुङको नेतृत्वमा गएको प्रवासी नेपाली मञ्च युकेको प्रतिनिधि मण्डलले नेपाली राजदूतावासमा गई राजदूत लोकदर्शन रेग्मीलाई ज्ञापन-पत्र बुझाएको थियो।

राजदूतावासमा ज्ञापनपत्र हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रम

ज्ञापन-पत्र ग्रहण गर्नुहुँदै राजदूत लोकदर्शन रेग्मीले यि सबै विषयहरूमा आफ्नो कुटनीतिक पहल भइरहेको र सक्दो प्रयास गर्ने प्रतिवद्धता प्रकट गर्नु भयो । राजदूत रेग्मीले बेलायतमा रहेका नेपाली जनसमाजका समस्याहरूमा जहिले पनि राजदूतावास सहयोगी रहने चर्चा गर्नुहुँदै यहाँको जनसमाज र संघसंगठनहरूसँगै दूतावासले सहकार्य गरेर नेपालको विभिन्न क्षेत्रको विकासका लागि सक्दो सहयोग जुटाउन चाहेको विचार व्यक्त गर्नु भयो।

अध्यक्ष भक्त गुरुङले ज्ञापनपत्र पढेर हस्तान्तरण गर्नु हुँदै भूपू गोरखा सैनिकका असमान पेन्सनलगायतका मागहरू पुरा गराउन र कोभिड नाइन्टिन् भ्याक्सीन् नेपाललाई उपलब्ध गराउन बेलायत सरकारसँग कुटनीतिक पहल गरिदिन जनसमाजको माग रहेको चर्चा गर्नुहुँदै भूपू गोरखाभित्र जटिल समस्याको रूपमा रहेको नेपाली नागरिकताको निरन्तरताको लागि पनि नेपाल सरकारसँग पहल गरिदिन माग गर्नु भयो।

उक्त अवसरमा पूर्व अध्यक्ष दिनेश घिमिरे र महासचिव सुरेशजङ्ग शाह लगायतका पदाधिकारीहरूले मन्तव्य राख्नु भएको थियो।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रम पश्चात समृद्ध नेपाल, सुखी नेपालीका लागि बेलायतबाट पुर्याउन सकिने सहयोग र सम्भावनावारे अन्तरक्रिया गरिएको थियो। अन्तरक्रियामा नेपालको विकासका लागि विभिन्न सम्भावनाहरूको चर्चा गरिएको थियो र अन्तमा हाललाई नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग जुटाउन प्रवासी नेपाली एकता मञ्च युके र राजदूतावासको सहकार्य अगाडि बढाउने निर्णय गरिएको थियो।

यस अघि प्रवासी नेपाली मञ्च युकेद्वारा राजदूको स्वागत सम्मानमा एक भर्चवल कार्यक्रम गरी भर्चुवलरूपमा सम्मान अर्पण गरिएको स्वागत अभिनन्दन-पत्र यसै अवसरमा उपाध्यक्ष सरस्वती केसीले पढेर सुनाउनु भएको थियो भने अध्यक्ष भक्त गरुङले राजदूत लोकदर्शन रेग्मी र उपनियोगप्रमुख रोशन खनाललाई खाता लगाई अभिनन्दन-पत्रद्वारा सम्मान अर्पण गर्नु भएको थियो।





Comments

comments

Leave a Reply

44448