हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, ३ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,०३७ पुगेको छ।

आयातित सङ्क्रमितमा स्विट्जरल्याण्ड, जापान र मलेशियाबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये १ जना स्थानीय र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ३७ जनाको उपचार भइरहेको छ। आज १ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

44525