हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज लोकल केस जिरो, २ आयातित सङ्क्रमित थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, २ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,०५० पुगेको छ।

आयातित सङ्क्रमितमा जर्मनी र रूसबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये स्रोत नखुलेको १ जना स्थानीय, १ जना बाहिरबाट आएर हङकङमा सङ्क्रमित भएका र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ३९ जनाको उपचार भइरहेको छ। आज ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो


Comments

comments

Leave a Reply

44643
%d bloggers like this: