न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २१ अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।
यद्यपि, ३ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,०५३ पुगेको छ।
आयातित सङ्क्रमितमा कजाकिस्तान, भेनेजुएला र नाइजेरियाबाट आएका रहेका छन्।
पछिल्लो १४ दिनमा जम्मा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये स्रोत नखुलेको १ जना स्थानीय, १ जना बाहिरबाट आएर हङकङमा सङ्क्रमित भएका र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।
यतिबेला हङकङमा कोरोना सङ्क्रमित ४० जनाको उपचार भइरहेको छ। आज १ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।
नेपालमा कोरोनाको अवस्था यस्तो… … छ।
कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्