न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।
यद्यपि, ५ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,०६३ पुगेको छ।
आयातित सङ्क्रमितमा नाइजेरिया, पाकिस्तान, इन्डोनेसिया, टर्की र अमेरिकाबाट आएका रहेका छन्। ति मध्ये ४ जनाले कोरोनाविरुद्ध पूरा डोज लिएका थिए।
पछिल्लो १४ दिनमा जम्मा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये स्रोत नखुलेको १ जना स्थानीय, १ जना बाहिरबाट आएर हङकङमा सङ्क्रमित भएका र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।
यतिबेला हङकङमा कोरोना सङ्क्रमित ४४ जनाको उपचार भइरहेको छ। आज ५ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।
नेपालमा कोरोनाको अवस्था यस्तो… … छ।
कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्