Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गेट नखोलेको झोकमा आफ्नै गार्डलाई किचेर मारे अर्बपतिले

करेला, फागुन ६– एक भारतीय अर्बपतिले समयमा गेट नखोलेको झोकमा आफ्ना गार्डलाई गाडीले किचिदिएका छन्। गेट खोल्न ढिलाइ गरेको भन्दै उनले नियतवश गार्डलाई गाडीले किचिदिएका हुन्।

धनाड्य निसामले आफ्नो अत्याधुनिक गाडीले व्यक्तिगत गार्डलाई किचेर पर्खालसम्म पुर्याइदिएका थिए। उनले गार्ड चन्द्राबोसेलाई एउटा फलामको रडले समेत निर्घात कुटपिट गरेका थिए। शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको ५० वर्षीय चन्द्राबोसेलाई अस्पताल पुर्याइएको केही घन्टापछि मृत्यु भएको थियो।

केरेलास्थित एक अपार्टमेन्टमा भएको यस घटनाका दोषी निसामलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको समाचार आजको राजधानी दैनिकले छापेको छ।

सन् २०१३ मा आफ्नो नौ वर्षीय छोरालाई आफ्नो सुविधासम्पन्न सवारीसाधन चलाउन दिँदा भएको दुर्घटनामा निसामविरुद्व मुद्दा लगाइएको थियो। नवौं जन्मदिनको अवसरमा ती बालकलाई कार चलाउन अनुमति दिइएको उनकी आमाले स्वीकार गरेकी थिइन्।

भारतीय संचारमाध्यमका अनुसार निसामले बारम्बार कानुनको उल्लंघन गर्ने गरेका छन्। विवाद बढेपछि सन् २०१३ मा उनले एक महिना प्रहरी अधिकारीलाई आफ्नो गाडीमा घन्टौं थुनिदिएका थिए। बारम्बार उद्दण्ड मच्चाउने निसामले प्रायः सवारीसाधन फेरेर चलाउने गरेको पाइन्छ।





Comments

comments

4472