हङकङ कोरोना न्युज अपडेट- नेपाली यात्रुमा भेटियो कोरोना, कतार एयरवेज २ हप्ताको लागि प्रतिबन्ध..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २६ अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार नेपाली यात्रुसहित ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ।

फाइल फोटो

आज पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको प्रोटेक्शनले जनाएको छ।

आज थपिएका आयातित ३ जना सङ्क्रमितहरुमा ३८ वर्षीय नेपाली पुरुषसहित ग्रीस र पाकिस्तानबाट आएका दुई जना रहेका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,०७८ पुगेको छ।

नेपाली यात्रुले मे १२ र जुन २ तारिख गरी कोरोनाविरुद्ध २ डोज खोप लिइसकेका रहेका छन्।

यसैबीच, हङकङ सरकारले दोहाबाट आउने कतार एयरवेजलाई भोलि शुक्रवारदेखि ९ सेप्टेम्बरसम्म प्रतिबन्ध लगाएको छ।

पछिल्लो १४ दिनमा जम्मा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये स्रोत नखुलेको १ जना स्थानीय, १ जना बाहिरबाट आएर हङकङमा सङ्क्रमित भएका र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ५० जनाको उपचार भइरहेको छ। आज ५ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्





Comments

comments

44777