हङकङमा आज एकै दिन १७ कोरोना सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार १७ जना कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

थपिएका सङ्क्रमितहरु सबै आयातित रहेका छन्। आयातित सङ्क्रमितमध्ये इन्डोनेसियाबाट अगष्ट २४ तारिख कार्गो जहाज (थोर मोनाडिक) मा हङकङ आएका १५ जना रहेका छन्।

अन्य २ आयातित केसमा अजरबाजियानबाट आएकी २४ वर्षीया महिला र लिथुआनियाकी ४३ वर्षीया महिला रहेका छन्।

यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,०९५ पुगेको छ।

यद्यपि, स्थानीय सङ्क्रमित भने आज थपिएको छैन।

पछिल्लो १४ दिनमा जम्मा ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये स्रोत नखुलेको १ जना स्थानीय, १ जना बाहिरबाट आएर हङकङमा सङ्क्रमित भएका र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ५१ जनाको उपचार भइरहेको छ। आज १ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाको अवस्था यस्तो… छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

44811