न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २९ अगष्ट । हङकङमा स्थानीय कोरोना सङ्क्रितको संख्या शून्यमा रहे पनि आयातित सङ्क्रमित थपिएकै थपिएका छन्।
सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार स्थानीय कोरोना सङ्क्रितको संख्या शून्य र ७ जना आयातित सङ्क्रमित थपिएको जनाएको छ।
यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१०८ पुगेको छ।
आयातित सङ्क्रमितहरुमा ३ टर्की, ३ फिलिपिन्स र १ जना बेलायतबाट आएका रहेका छन्। ति सबै कोरोनाविरुद्ध २ डोज खोप लिईसकेका रहेका छन्।
पछिल्लो १४ दिनमा जम्मा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये स्रोत नखुलेको १ जना स्थानीय र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।
यतिबेला हङकङमा कोरोना सङ्क्रमित ७० जनाको उपचार भइरहेको छ। आज ५ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।
नेपालमा कोरोनाको अवस्था यस्तो… … छ।
कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्