हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो, ३ आयातित सङ्क्रमित थपिए….

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३० अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, ३ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१११ पुगेको छ।

आयातित सङ्क्रमितमा १ इजिप्ट र २ जना टर्कीबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये स्रोत नखुलेको १ जना स्थानीय र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ७४ जनाको उपचार भइरहेको छ। आज ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

44876