हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज लोकल केस जिरो, आयातित संख्या पनि जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ सेप्टेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार स्थानीय कोरोना सङ्क्रितको संख्या शून्यमा रहेको जनाएको छ। त्यसैगरी, २४ घण्टामा कुनै आयातित सङ्क्रमित नथपिएको जनाएको छ।

हङकङमा बुधवार कोरोना सङ्क्रमितको कुल संख्या १२,११४ रेकर्ड गरिएको थियो।

पछिल्लो १४ दिनमा जम्मा ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ६७ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाको अवस्था यस्तो… छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

44929