पैसाको लोभ देखाएर नाबालिग किशोरीहरुको कुमारीत्व लुट्ने हेयरड्रेसर पक्राउ..!

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ सेप्टेम्बर । एक हजार डलर तिरेर कम्तीमा ७ जना नाबालिग किशोरीहरुसंग यौन सम्बन्ध राखेको आरोपमा एक जना हेयरड्रेसर पक्राउ परेका छन्।

फाइल फोटो

मङ कोक बस्ने ३८ वर्षीय हेयरड्रेसरलाई १६ बर्ष मुनिका बालबालिकाहरुप्रति अभद्र व्यवहार र बाल पोर्नोग्राफी उत्पादन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले आरोपीबाट बरामद गरेको फोन र कम्प्युटरमा ४० वटा बाल पोर्नोग्राफी भिडियो राखिएको फेला पारेको छ। कुनै भिडियोमा नाबालिग किशोरीहरुसंग यौन सम्बन्ध राखेको दृश्य रहेका छन्।

उनले इन्टरनेटबाट नाबालिग किशोरीहरुलाई सम्पर्क गरी एक हजार डलर तिरेर यौन सम्बन्ध राख्दै आएको जनाइएको छ। प्रहरी अधिकारीहरुले अन्य पीडितहरु र साक्षीहरुलाई सम्भव भएमा थप जानकारी प्रदान गर्न आग्रह गरेका छन्।

अपराधीहरुले किशोर उमेरका केटाकेटीहरुलाई प्रलोभनमा पारेर सजिलै फाइदा लिन सक्न हुनाले सतर्क रहन प्रहरी अधिकारीहरुले अपिल गरेका छन्। प्रहरीले किशोरकिशोरीलाई आमा बुबा, उनीहरुलाई विश्वास गर्ने मानिसहरु वा आवश्यक परेमा प्रहरीबाट सहयोग लिन आग्रह गरेको छ।





Comments

comments

45087