हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ९ सेप्टेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार पनि स्थानीय कोरोना सङ्क्रितको संख्या शून्यमा रहेको जनाएको छ।

यद्यपि, २ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१३४ पुगेको छ।

आयातित सङ्क्रमितमा फिलिपिन्स र दक्षिण कोरियाबाट आएका रहेका छन्।
्
पछिल्लो १४ दिनमा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ५० जनाको उपचार भइरहेको छ। आज १ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाको अवस्था यस्तो… छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

45117