अमेरिकाको ओहायोमा आगलागी हुंदा एकै परिवारको ५ नेपालीभाषीको मृत्यु..

विजय थापा –

अमेरिकाको ओहायो राज्यको आक्रन शहरमा भएको आगलागीबाट ५ जना नेपाली भाषी भुटानी परिवारका सदस्यहरुको दुखद निधन भएको छ।

सोमबार बिहान आगलागी हुँदा ३ जना बालबालिका र २ जना वयस्कको निधन भएको हो।

आक्रन अग्नी नियन्त्रण बिभागले बिहानै आगलागी हुँदा ५ जनाको निधन भएको र ४ जना घाइते भएको जनाएको छ। आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर संख्यामा बिहान १२:५० मा आगो लागेको हो।

विभागका अनुसार आकस्मिक कामदारहरुले उनीहरुका छिमेकी र नातेदारहरुले परिवारका सदस्यहरुलाई बाहिर निकाल्ने प्रयास गरेका थिए।

त्यहाँको शव परीक्षण केन्द्रले जनाए अनुसार ३ जना बालबालिका र २ जना वयस्कको मृत्यु भएको उल्लेख गरेको छ। उनीहरु पढ्ने बिद्यालय आर्कन सरकारी बिद्यालयका प्रवक्ताका अनुसार ५ बर्ष, ११ बर्ष र १६ बर्षका बिद्यार्थीको निधन भएको हो।

बिद्यालयले गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । नातेदार तथा छिमेकीका अनुसार त्यहाँ २ भुटानी परिवारहरु बस्थे।

छिमेकी जिन हुड्सनले उनीहरु राम्रा मानिसहरु थिए भनिन्। अन्य ४ जनालाई अस्पताल लागिएको अग्नि नियन्त्रण विभागले जनाएको छ। घाइतेहरुलाई छिमेकीहरुले घटनास्थलमै उपचार गर्ने पनि प्रयास गरेका थिए।

आगलागीका मुख्य अनुसन्धान प्रमुख ग्यारी गुनथरका अनुसार बालबालिकासहित करिव ६० बर्षीय पुरुष तथा ४८ बर्षीय महिलाको निधन भएको बताए।

उक्त स्थानमा २०१७ पछिको सबै भन्दा डरलाग्दो आगजनी भएको बताईएको छ।

उनका नातेदार यम सुब्बा भने व्यक्ति कोलम्बसबाट आर्कन आएका छन्। सोमबार आगजनी हुँदा छिमेकी र नातेदारहरु त्यहा अगाडी भेला भएका मध्ये यम सुब्बा एक थिए। उनले आफ्नो पिताको निधन भएको जानकारी दिएका छन्। र , उनले के कारणले आगजनी भयो भन्ने बारेमा पत्ता लगाउन कोसिस गरिरहेको समाचार स्थानीय पत्रिका बिकोन जर्नल डटकमले लेखेको छ।

सुब्बाका अनुसार उनका निधन भएका पिताले आर्कनमा उक्त घर केवल ६ महिना अगाडी मात्र किनेको थिए। उनी पनि त्यहाँ केही बर्ष बसेको र बाबु सौतिनी आमा र ३ जना सन्तानहरुसंग बस्ने जानकारी दिएका छन्।

यसै गरी आरोन सुहांगका अनुसार उनका पर्ने काकाका छोराछोरी -दाजुभाइ तथा भतिज उक्त घरमा बस्ने गरेको बताए। उनीहरु त्यहाबाट अन्य स्थानमा सर्ने भनेर प्रतिक्षा गरिरहेका थिए ।

उनले कहिल्यै यस्तो हुन्छ भनेर नसोचेको बताए।





Comments

comments

45194