हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो, ५ आयातित थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ सेप्टेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिरवार पनि स्थानीय कोरोना सङ्क्रितको संख्या शून्यमा रहेको जनाएको छ।

यद्यपि, ५ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१५८ पुगेको छ।

आयातित सङ्क्रमितमा दुई कतारबाट, एक अमेरिकाबाट, एक फिलिपिन्सबाट र एक भारतबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ३५ जनाको उपचार भइरहेको छ। आज थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

45279