हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज ५ जना आयातित सङ्क्रमित थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० सेप्टेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार ५ जना आयातित कोरोना सङ्क्रित थपिएको जनाएको छ।

यद्यपि, नयाँ स्थानीय कोरोना सङ्क्रमित थपिएको छैन। हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१६६ पुगेको छ।

आयातित सङ्क्रमितमा म्यानमारबाट आएका २० वर्षीय पुरुष, अमेरिकाबाट आएका २ जना, फिलिपिन्सबाट एक ५३ वर्षीया महिला र केन्याबाट आएका एक ३८ बर्षीय पुरुष रहेका छन्।

पछिल्लो १४ दिनमा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ३८ जनाको उपचार भइरहेको छ। आज थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

45310