Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
प्रमोद खरेलको स्वरमा ‘आज मेरो दिल जलेर’ सार्वजनिक.. (भिडियो सहित) – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

प्रमोद खरेलको स्वरमा ‘आज मेरो दिल जलेर’ सार्वजनिक.. (भिडियो सहित)

नेपाली आधुनिक गीत संगीतको बजारमा निरन्तर, सदाबहार योगदान दिईरहेका चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको ‘आज मेरो दिल जलेर’ गीत सार्वजनिक भएको छ।

सेन्टिमेन्टल जनरामा बनेको यस गीतमा म भन्दानी , धेरै माया गर्ने मान्छे, दिलको बदला लगायत धेरै गीतमा संगीत भर्दै आधुनिक गीत संगीतको यात्रामा निरन्तर लागिपरेका राज कुमारको संगीत रहेको छ भने गीतकार रवि प्याकुरेल ‘अन्जान’को शब्द रहेको छ।

यस अघि पनि थुप्रै गीत लेखिसकेका रबि प्याकुरेलका शब्दहरुमा मेलिना राई लगायत थुप्रै चल्तिका गायक गायिकाहरुले स्वर दिईसकेका छन । नेपाली लगायत अङ्रेजी गीतहरु पनि लेख्न सफल रबि प्याकुरेल ‘अन्जान ‘ आँफैमा एउटा राम्रो गायक पनि हुन । २०० भन्दा बढी गीत लेखिसकेका अनि कतिपय गीतमा संगीत पनि भरेका रबिका आगामी दिनमा पनि थुप्रै गीतहरु बजारमा आउने तयारीमा छन ।

एभरेष्ट राजको निर्देशन रहेको यस भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या, प्रिन्सको अभिनय रहेको छ । सुरज लामाको छायांकन तथा राज कुमारको सम्पादन रहेको भिडियोलाई एक्का कम्पनीले निर्माण गरेको हो । यो दुनियाँनै माया प्रेममा अडिएको छ जहाँ कहिले मिलन त कहिले बिछोड भइरहेको हुन्छ । यही यथार्थवादी कुराको भावलाई गीत मा समावेश गरिएको छ।

गीतको भिडियो एक्का कम्पनी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

यो पनि हेर्नुहोला…





Comments

comments

45358