हङकङ कोरोना न्युज अपडेट- नेपालबाट आएका २ सहित ९ जनामा देखियो कोरोना..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ सेप्टेम्बर । नेपालबाट आएका दुई जनासहित ९ जनामा कोरोना सङ्क्रमण देखिएको सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार जनाएको छ।

फाइल फोटो

यद्यपि, स्थानीय कोरोना सङ्क्रितको संख्या शून्यमा रहेको छ। हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१८६ पुगेको छ।

आयातित सङ्क्रमितमा नेपालबाट २, बेलायबाट २, इन्डोनेसियाबाट १, सिंगापुरबाट १, काजाकिस्तानबाट १, सेर्वियाबाट १ र पाकिस्तानबाट आएका १ जना रहेका छन्।

नेपालबाट आएका ३६ वर्षीय कोरोना सङ्क्रमित पुरुषले नेपालमा फेब्रुवरी २३ र मे २५ मा गरी कोरोनाबिरुद्ध २ डोज खोप लिइसकेका थिए। त्यस्तै, नेपालबाट आएका २५ वर्षीय अर्का कोरोना सङ्क्रमित पुरुषले अगष्ट ३ मा नेपालमा कोरोनाबिरुद्ध १ डोज खोप लिइसकेका थिए।

उनीहरु दुबैजना हङकङ आएपछि सिल्का सिभ्यू होटल याउ मा तेईमा बसेका थिए।

पछिल्लो १४ दिनमा हङकङमा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।





Comments

comments

45397