हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज लोकल केस जिरो, ६ इम्पोर्टेट केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले हङकङमा बुधवार ६ आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२४४ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस आज पनि शून्य नै रहेको छ।

आयातित सङ्क्रमितमा युक्रेनबाट २ जना, पाकिस्तानबाट २ जना, रुसबाट १ जना र एक जना इन्डोनेसियाबाट आएकी ४३ वर्षीया घरेलु सहयोगी रहेका छन्।

पछिल्लो १४ दिनमा ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ५४ जनाको उपचार भइरहेको छ। आज थप ३ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

फाइल फोटो




Comments

comments

45607