यसरी मनाइयो १८औं गैरआवासीय नेपाली दिवस

आज मिति ११ अक्टोवर २०२१ का दिन विविध कार्यक्रमहरुको आयोजना गरि १८औं गैरआवासीय नेपाली दिवस सम्पन्न भएको छ।

स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाईएको छ।

विगतमा झै यस अवसरमा आज स्वयंम्भू र पशुपतिमा पुजा आजा कार्यक्रम गरियो । यस कार्यक्रममा संघका अध्यक्ष लगायत संरक्षकहरु, सल्लाहकारहरु, पदाधिकारीहरु, विभिन्न मुलुकबाट आउनु भएका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

यस अवसरमा गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले सचिवालयमा ‌ओलम्पियन खेलाडी तथा प्रशिक्षकहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गर्यो । खेलाडी तथा प्रशिक्षकहरुलाई प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरिएको थियो । साथै तेकान्दो तथा काता सम्बन्धी खेलहरुको प्रदर्शनी गरिएको थियो । यस कार्यक्रममा भौतिक तथा अनलाइनबाट सहभागीता जनाईएको थियो । कार्यक्रममा संघका अध्यक्ष लगायत संरक्षकहरु, सल्लाहकारहरु, पदाधिकारीहरु, विभिन्न मुलुकबाट आउनु भएका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यसैगरी यस पावन अवसरमा सचिवालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । विभिन्न व्यक्तिहरुले रक्तदानमा सहभागीता जनाएका थिए।

कार्यक्रमको अन्तमा गैरआवासीय नेपालीहरुको सम्मानमा चियापान कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यक्रममा संघका अध्यक्ष कुमार पन्तले स्वागत मन्तब्य दिनु भएको थियो । यसै गरी संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, सल्लाहकारहरु, लगायत पदाधिकारीहरु, पूर्व पदाधिकारीहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । यस कार्यक्रममा विभिन्न मुलुकबाट आउनु भएका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरीले गर्नु भएको थियो।

अन्त्यमा सचिवालयमा गैरआवासीय नेपाली संघको झण्डोतोलन कार्यक्रमको आयोजना गरिएको थियो।





Comments

comments

45744