Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज ३ इम्पोर्टेट केस थपिए.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज ३ इम्पोर्टेट केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार हङकङमा ३ आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२७६ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित केसहरुमा इन्डोनेसिया, फिलिपिन्स र पाकिस्तानबाट आएका ३ जना सामेल छन्। तिमध्ये दुईले कोरोनाविरुद्ध खोपको २ डोज र १ जनाले १ डोज लिइसकेको जनाइएको छ।

पछिल्लो १४ दिनमा ६३ वटा कोरोनाको केस दर्ज भएको छ। तिमध्ये एक स्थानीय र अन्य सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ६२ जनाको उपचार भइरहेको छ। आज थप २ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ। हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।

फाइल फोटो




Comments

comments

45814