दसैंकै दिन हङकङमा २ नेपाली पक्राउ..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ अक्टोबर । नेपालीहरुको महान चाड विजयादशमीकै दिन हङकङमा दुई जना नेपाली युवक पक्राउ परेका छन्।

ड्रग्सको अवैध धन्दा (लागुऔषध तस्करी) गरेको आशंकामा २२ वर्ष उमेरका दुई जना नेपाली शुक्रवार याउ मा तेईस्थित मान युएन स्ट्रीटबाट पक्राउ परेका हुन्।

प्रहरीको निगरानीमा रहेको एउटा कारतर्फ गइरहंदा उनीहरुलाई याउ चिम पुलिस डिस्ट्रिकको स्पेशल ड्युटी स्कडले प्रकाउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

पक्राउ परेका दुई नेपााली। फोटो सौजन्यः एचके अन सीसी

प्रहरीले उनीहरुबाट २८.८ ग्राम शंकास्पद कोकीन बरामद गरेको छ। त्यस्तै, कारभित्रबाट ४५ सेमी लामो छुरी, ४ वटा फलामको रड र केही नगद बरामद गरेको छ।

प्रहरीले लागुऔषध तस्करी र आक्रामक हतियार राखेको आशंकामा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि हिरासत राखिएको जनाएको छ।

अपरेशनको दौरान बरामद गरिएको ड्रग्सको कुल बजार मूल्य लगभग ३२,६०० हङकङ डलर रहेको छ।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ। हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

45855