हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज ३ मात्र इम्पोर्टेट केस थपिए, लोकल जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार हङकङमा ३ मात्र आयातित केस थपिएको जनाएको छ।

३ आयातित केस थपिएपछि हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२९५ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित केसहरुमा २ फिलिपिन्स र १ किर्गिस्तानबाट आएका सामेल छन्।

पछिल्लो १४ दिनमा ६५ वटा कोरोनाको केस दर्ज भएको छ। तिमध्ये एक स्थानीय र अन्य सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ५१ जनाको उपचार भइरहेको छ। आज थप २ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ। हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

45881