Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
मलेसियामा कोहिनूर प्रदर्शन, स्वेता भावुक हुदै नेपाल फर्किन्, सुनिता मलेसियामा रमाउदै – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मलेसियामा कोहिनूर प्रदर्शन, स्वेता भावुक हुदै नेपाल फर्किन्, सुनिता मलेसियामा रमाउदै

रबी भट्ट / एचकेनेपाल डट कम-
क्वालालम्पुर। नेपाललगायत बिभिन्न मुलुकहरूमा सफलता कमाउदै आएको चलचित्र कोहिनूरले मलेसियामा अपार सफलता हासिल गरेको छ। म्युजिक नेपाल सेन्टरको आयोजनामा सम्पन्न सो प्रदर्शनमा नायिका श्वेताको उपस्थिति रहेको थियो। उनले भाबुक हुँदै चलचित्रलाई सफल बनाउन भूमिका खेल्ने दर्शक, फिल्म युनिट, पत्रकार सबैलाई धन्यबाद दिदै हजारौ दर्शकको अगाडि आउन नसकेकोमा भने क्षमा मागिन्।

फेब्रुवरी १५ बाट सुरु भएको मलेसियामा ८ शो प्रदर्शन गरिएको थियो। मलेसियाका बिभिन्न हलहरुमा खचाखच रहेका दर्शकलाई ९ वटा टुरिस्ट बसको व्यवस्था गरेको म्युजिक सेन्टर नेपालक ज्ञाल्जेन लामाले जानकारी दिए। ५ दिनसम्म प्रदर्शन गरिएको चलचित्र कोहिनूर मलेसियाका लागि नेपाली राजदूत निरनञ्जनमान बस्नेत्, एनारएन अध्यक्ष शंकर पौडेल, अज्मान यहाँ र नायिका स्वेता खड्का, निर्देशक आकाश अधिकारी, निर्माता चन्द्र श्रेष्ठ, शिखर श्रेष्ठ, रुबेन खड्कालगायतले दर्शकसंग बसेर चलचित्र हेरेका थिए।

नायक श्रीकृष्ण श्रेष्ठले कोहिनूर चलचित्र बनाउंदै गर्दा मलेसियामा पनि राम्रो हुने बताएका र प्रदर्शन गर्ने बाचा गरेकोले उनको सपना पूरा गर्न आफूहरुले प्रदर्शन गरेको र सफलता सोचेभन्दा बढी भएको म्युजिक नेपालक ज्ञाल्जेन लामाले तथा जय राम तिमील्सिनाले बताए। हजारौं दर्शकको कोहिनूर र स्वेतालाई हेर्ने चाहना पूरा गर्न आफूहरुले दर्शकलाई सुरक्षितसाथ ९ वटा बसको व्यवस्था गरेर पुरा गरेको र दर्शकको भाबुकतासँगै मनोरञ्जन लिएको पनि उनीहरुले बताए। सफलताको लागि प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने दर्शक, मिडियाप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा पनि पुनः यतै चलचित्रको प्रदर्शन गर्ने उनीहरुले जानकारी दिए।

यता चइनिज नयाँ बर्षको लागि ल्याइएका २ अलग कार्यक्रम पनि सम्पन्न भएका छन्। बिज्ञापनको त्यति चहलपहल हुन नसकेको मलेसियामा दर्शकहरु भरी भराउ भएको आयोजकहरुको दाबी छ। कलाकारहरुले भरपुर मनोरञ्जन दिने प्रयाश गरे पनि दर्शक नभैदिनाले फितलो हुन्छ नि एक कार्यक्रममा गएर फर्केका तनहूँका रामजी पन्तले बताए। कोहिनूर र कार्यक्रमका सबै कलाकार नेपाल फर्की सके पनि एन्सेल र डिजीको संयुक्त कार्यक्रममा आएकी दोहोरी गयिका सुनिता दुलाल भने मलेसियामा नै रहेकी छिन्। दुलालको मञ्च कार्यक्रममा हाउभाउको कमीले रोमञ्चित नबनेका दर्शकलाई खुमन अधिकारी र शिव परियारले भने निकै हौस्याएका थिए।





Comments

comments

4590