अमेरिकामा १ नेपालीको गोली हानी हत्या..

विजय थापा । अमेरिकाको मासाचुसेट्स राज्यको एक पसलमा भएको गोलीकाण्डमा पसलका संचालक नेपालीको मृत्यु भएको छ।

तस्वीर: मधेसी एसोसिएसन अफ अमेरिका तथा एनबिसी बोस्टन डटकम

उक्त घटनाको समाचार स्थानीय पत्रपत्रिकाको साथै नेपाली संघ/सँस्था मधेसी एसोसिएसन अफ अमेरिकाले समेत समवेदना सार्वजनिक गरेको छ।

एनबिसी बोस्टन डटकमका अनुसार मासाचुसेट्सको फल रिभर भन्ने शहरमा गत सोमबार राति उक्त घटनामा गोली प्रहार हुँदा नेपाली मारिएका हुन्। मृतक ५४ बर्षित लाल किशोर महासेठ भएको पुष्टि भएको छ। उनी मासाचुसेट्स राज्यको फल रिभरमा परिवार साथ बसोबास गर्थे।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उनलाई एम्बुलेन्समा चार्लटन मेमोरियल अस्पताल पुर्याईएको थियो। अस्पताल पुर्याएको राति ११ बजेपछि उनलाई मृत घोषित गरिएको थियो।

फल रिभर प्रहरीलाई राति १०:३० बजे उक्त पसलमा कसैलाई गोली हानिएको खबर गरिएको थियो । ब्रिस्टोल जिल्ला अधिवक्ताको कार्यालयका अनुसार २०१ रक मार्गस्थित स्टप एण्ड सेभ पसलमा प्रहार भएको थियो।

प्रहरीका अनुसार जसले ९११ मा प्रहरीलाई खबर गरेका थिए उनका अनुसार जव उनी पसलमा केही खाने कुरा लिने गएका थिए। छातीमा गोली लागि लागेको देखेका थिए।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र स्थानीय जनताको सहयोगको अपेक्षा गरेका छन् । गोली हान्ने व्यक्ति २० देखि ३० बर्ष उमेरका र ५ फिट ७ इन्चदेखि ५ फिट ९ इन्च अग्लो भएको प्रहरीले तस्बिर समेत सार्वजनिक गरेका छन्।

उक्त संदिग्धले गाडा रंगको वस्त्र र खैरो पिठ्युमा भिर्ने झोलासहित खैरो नाइकी स्नीकर्स जुत्ता लगाएको पाइएको छ । साथै उक्त व्यक्तिको औंलाको नजिक उनको हातको दाहिने भित्री भागमा एक ट्याटुसमेत भएको प्रहरीले जानकारी दिएका छन्।

अनुसन्धान “अत्यन्तै सक्रिय” रहेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। मृतक महासेठकी पत्नी, दुई छोराहरु र छोरी छन्। मधेसी एसोसिएसन अफ अमेरिकालगायत अन्य संस्थाले समवेदना प्रकट गरेको छ।

उनी मधेसी एसोसिएसन अफ अमेरिकाका संस्थापक सदस्य थिए भने न्यू इंग्ल्यान्ड शाखाका संस्थापक अध्यक्ष समेत रहेका थिए। हाल उनी केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका थिए।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ। हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

45952