Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नेपालबाट हङकङ आएका यात्रुमा देखियो कोरोना पोजेटिभ.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

नेपालबाट हङकङ आएका यात्रुमा देखियो कोरोना पोजेटिभ..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार हङकङमा ६ आयातित केस थपिएको जनाएको छ।

फाइल फोटो

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३१२ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित केसहरुमा नेपालबाट आएका एक पुरुषसहित मंगोलिया २, फिलिपिन्स, युक्रेन र इन्डोनेसियाबाट आएका सामेल छन्।

अक्टोबर १७ तारिख भारतबाट एयर इन्डियाको फ्लाइट AI1314 बाट हङकङ आएका ६० वर्षीय नेपाली पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। उनी हङकङ आएपछि सिल्का सिभ्यू होटल याउ मा तेईमा क्वारेन्टिनमा बसेका थिए। उनले उपलव्ध गराइएको रेकर्डअनुसार उनले नेपालमा मेई १७ तारिख कोरोनाविरुद्ध १ डोज खोप लिएका थिए।

पछिल्लो १४ दिनमा ६२ वटा कोरोनाको केस दर्ज भएको छ। तिमध्ये एक स्थानीय र अन्य सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ५१ जनाको उपचार भइरहेको छ। आज थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग हेर्नुभएको छैन भने हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

45994