हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज ४ इम्पोर्टेट केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार हङकङमा ४ आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३२८ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित केसहरुमा ३८ देखि ७९ वर्ष उमेर समूहका केसमध्ये दुईजना उच्च जोखिममा रहेका स्थानबाट र दुई मध्यम जोखिममा रहेका स्थानबाट हङकङ आएका रहेका छन्। ति केसहरुमा एक नेदरल्याण्ड्सबाट, २ फिलिपिन्सबाट र एक डेनमार्कबाट आएका सामेल छन्। तीनवटा केसहरू म्युटन स्ट्रेन्स सामेल छन्।

पछिल्लो १४ दिनमा ६२ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ५२ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग हेर्नुभएको छैन भने हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

46136