हङकङ कोरोना न्युज अपडेट- हङकङमा १ मात्र इम्पोर्टेट केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ९ नोभेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार हङकङमा १ मात्र आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३७० पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित केसमा उच्च जोखिम बर्गीकृत अमेरिकाबाट आएकी १९ वर्षीया महिला सामेल छिन्।

पछिल्लो १४ दिनमा ४१ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ८४ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग हेर्नुभएको छैन भने हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

46514
%d bloggers like this: