Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोलोराडोमा आपसी मेलमिलाप र सद्भाव बाँड्न होली खेलिने

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
२६ फेव्री,कोलोराडो, अमेरीका। कोलोराडो निवासी नेपालीहरुले आगामी मार्च ८ तारिखका दिन ब्राईटनस्थित सनातन मन्दिरमा होली खेल्ने भएका छन्।

बसन्त ऋतुको आगमनसंगै आपसी मेलमिलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाउने गरिन्छ। नेपालीहरुको साझा संस्था नेपालीघर तथा रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा हुन लागेको होली कार्यक्रममा मा सहभागी भई एक आपसमा सद्भाव बांड्न आयोजक संस्थाहरुले सबैलाई आग्रह गरेका छन्।

मार्च ८ तारिख शनिवार बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालन हुने होलीमा सहभागीहरुलाई आयोजकले निःशुल्क खानाको व्यवस्था गरेको नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठले बताएका छन्।

नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुरस्थित गद्धिबैठक अगाडि मैलको रुखलाई रङ्गी चङ्गी पारेर सिंगारी गाडिएको चिरमा पूजाआजा गरेपछि विधिवत् रुपमा होली सुरु भएको मानिन्छ।

दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्त आफ्ना पुत्र प्रहदलाई मार्ने उद्धेश्यले ब्र≈माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलीकालाई प्रहदका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रहदलाई केही नभएकले त्यही समयदेखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खेल्ने चलन चलेको हिन्दु शास्त्रमा उल्लेख गरिएको छ।

यसै दिनमा टुडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इट्म्बाहालदेखि कंहि पनि नबिसाई ल्याईएको १० पाथी चामलको भात र एउटा रांगोको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ धारोमा चुठाउने प्रचलन रहेको छ। त्यसैगरी द्धापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्धारा पठाईएकी राक्षसनी पुतनाले आफ्नो स्तनमा विष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्षमा बज्रबासीले फागु महोत्सव मनाउन थालेको जनश्रुति छ।





Comments

comments

4652