Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मह जोडीको हातबाट वुमन फर वुमनलाई बेष्ट अर्गनाईजेन अवार्ड

अनुशा मैनाली,सोल /कोरिया। नेपालका ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले वुमन फर वुमन कोरियालाई ‘बेष्ट अर्गनाईजेशन अवार्ड ‘प्रदान गरेका छन्।

अनलाईन पत्रिका परदेशीलाईफ डट कमले यस बर्षदेखि कोरियाका संस्थाहरू मध्यबाट उत्कृष्ठ कार्य गरेबापत एउटा संस्थालाई ‘बेष्ट अर्गनाईजेशन अवार्ड ‘गर्ने निर्णय अनुसार यस बर्षको उत्कृष्ठ संस्था बनेको वुमन फर वुमनले पाएको थियो।

संस्थाको प्रगति विवरण, आर्थिक पारदर्शिता र पब्लिक भोटिङको आधारमा वुमन फर वुमन बेष्ट अर्गनाईजेशन अवार्डको लागी छनोट भएको थियो। गत जनवरी ४ तारिखमा आफ्नो चौंथो बार्षिक उत्सवको अवशर पारेर घोषणा गरिएको सो अवार्ड नेपाल हाउस व्यवस्थापन समितिले फ्रुेबुअरी १९ मा आयोजना गरेको महामेलाको हलमा मह जोडीको हातबाट प्रमाण पत्र सहित प्रदान गरिएको हो। सो अवार्ड हस्तान्तरण कार्यक्रममा अवार्डका प्रायोजक बेष्ट रेमिट कोरियाका प्रवन्ध निर्देशक गंगाराज राई, एन आर एन कोरियाका अध्यक्ष विनोंद कुवंर परदेशीलाईफ डटकमा प्रवन्ध निर्देशक खेम कार्की, पत्रकार महासंघ कोरियाका अध्यक्ष अशोक मैनाली ,वुमन फर वुमन कोरियाका अध्यक्ष मल्लिका थकाली ,पूर्व अध्यक्ष जुनु गुरूङ, संरक्षक गंगा थापा श्रेष्ठ, उपाध्यक्ष कुशला क्षेत्री लगायतको उपस्थिति रहेको थियो।

सम्मान ग्रहण गर्दै अध्यक्ष थकालीले परदेशीलाईफले राम्रो कार्य गर्ने संस्थालाई सम्मान गर्ने कार्यको शुरूवात गरेर नयां सन्देश दिन खोजेको भन्दै आफूहरू अझ अगाडि बढेर संस्थालाई नयाँ उचाई प्रदान गर्ने बताईन्। उनले यो अवार्ड आफ्नो संस्थाको मात्र नभएर सबैको भएको बताउंदै सबैको सहयोगको अपेक्षा राखेको बताईन्। त्यस्तै पूर्व अध्यक्ष जुनु गुरूङले यस्तो ठूलो सम्मान पाएकोमा खुसी लागेको भन्दै आफूलाई गर्वको महसुस भएको बताईन्। उनले वुमन फर वुमनको बिगत सम्झंदै सबैले आफ्नो स्वार्थ भन्दामाथि संस्थालाई सम्झिए अझ संस्थाको नाम चम्कने बिश्वास व्यक्त गरिन्।

उता संरक्षक गंगा थापा श्रेष्ठले परदेशीलाईले महिलाहरूको संस्थालाई सम्मान गरेर आफूहरूलाई अझ अगाडि बढ्ने प्रेरणा मिलेको भन्दै दिदीबहिनीको साथै नेपाली समुदायमा अझ योदगान गर्न संस्था पछि पर्न नहुने धारणा राखिन्। यो बर्षको परदेशीलाईफ उत्कृष्ठ बर्ष व्यक्ति र पपुलर संस्थाको सम्मानबाट क्रमश अरूण श्रेष्ठ(ईपिएस छिन्गु) र योंग स्टार ग्रुप कोरिया सम्मानित भईसकेका छन्।





Comments

comments

4654