हङकङ कोरोना न्युज अपडेट- हङकङमा २ मात्र इम्पोर्टेट केस थपिए, १४ जना अस्पतालबाट डिस्चार्ज..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ नोभेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार हङकङमा २ मात्र आयातित केस थपिएको जनाएको छ।

हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३८१ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित संक्रमित केसहरुमा यूएईबाट आएका ४९ र ६५ वर्षका दुई महिला सामेल छन्। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

पछिल्लो १४ दिनमा ३६ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ४३ जनाको उपचार भइरहेको छ। थप १४ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

46602