हङकङ कोरोना न्युज अपडेट- क्याथे कार्गो चालक दलको सदस्यमा कोरोना..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ नोभेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार हङकङमा १ आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३८२ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित नयाँ केसमा ५३ वर्षीय क्याथे प्यासिफिक कार्गो उडान चालक दलका सदस्य रहेका छन्। जर्मनीबाट ७ तारिख हङकङ फर्किएका उनमा पछिल्लो पटकको परीक्षणमा पोजेटिभ देखिएको जनाइएको छ। उनी टावर १, ह्याम्पटन प्लेस, ताई कोक सुईका बासिन्दा रहेका छन्।

पछिल्लो १४ दिनमा ३५ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ४२ जनाको उपचार भइरहेको छ। १ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

46622