हङकङ कोरोना न्युज अपडेट- हङकङमा १ मात्र इम्पोर्टेट केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १९ नोभेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार हङकङमा १ मात्र आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३९७ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित नयाँ केसमा फिलिपिन्सबाट आएकी ३४ वर्षीया महिला सामेल छिन्। पेनी बे क्वारेन्टिइन सेन्टरमा परीक्षण गर्ने क्रममा उनमा म्युटन्ट स्ट्रेन्स देखिएको हो।

पछिल्लो १४ दिनमा ३६ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ४१ जनाको उपचार भइरहेको छ। २ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।



Comments

comments

46725
%d bloggers like this: