हङकङमा एक्कासि चिसो बढ्दै..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ नोभेम्बर । हङकङमा भोलि सोमबार विहान एक्कासि तापमान घट्ने भएपछि चिसो बढ्ने भएको छ।

भोलि बिहान चिसो हावा गुआंगडोङको तट पार गर्दै हङकङ प्रवेश गर्ने छ। बादल र सामान्य वर्षासंगै हङकङको तापमानमा उल्लेखनीय गिरावट आउन सक्ने हङकङको मौसमसम्बन्धी जानकारी दिने Hong Kong Observatory ले जनाएको छ।

शहरी क्षेत्रमा विहान लगभग १६ डिग्री र न्यु टेरिटोरिज क्षेत्रहरूमा केही डिग्री कम हुनेछ। आगामी केही दिन विहान अझै चिसो कायम रहनेछ।

उत्तरपूर्वी सुख्खा मनसुनको निरन्तर प्रभावका कारण हङकङसहित दक्षिणी चीनमा केही दिन विहान चिसो रहने छ। दिउंसो सामान्यतया घाम लागे पनि बिहान, दिउंसो र रातको समयमा तापमानमा निक्कै भिन्नता रहने छ।

सर्वसाधारणले मौसममा आएको परिवर्तनबारे सचेत रहन र न्यानो रहन सावधानी अपनाउनु पर्ने जनाइएको छ।





Comments

comments

46767