नेपालबाट आएका १ मा कोरोना देखियो, हङकङमा फेरि नेपाल एयरलाइन्स प्रतिबन्ध..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ नोभेम्बर । नेपालबाट आएका १ यात्रुमा कोरोना पोजेटिभ र ३ यात्रुले कोरोनाविरुद्ध नियम पालना नगरेको भेटिएपछि हङकङ सरकारले नेपाल वायुसेवा निगमको RA409 लाई हङकङमा पुनः प्रतिबन्ध लगाएको छ।

नोभेम्बर २३ तारिखको उडानमा नेपालबाट आएकी ३२ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै नेपालबाट आएका तीन यात्रुले हङकङको स्वास्थ्य विभागद्वारा निर्दिष्ट स्वास्थ्य मापदण्ड पालना गर्न असफल भएको जनाएको छ।

हङकङ सरकारले निगमको RA409 लाई नोभेम्बर २६ देखि डिसेम्बर ९ तारिखसम्म २ हप्ताको लागि प्रतिबन्ध लगाएको छ।

यसअघि, हङकङ सरकारले निगमको RA409 लाई १७ नोभेम्बरसम्म प्रतिबन्ध लगाएको थियो। निगमको एक उडानपछि पुनः प्रतिबन्ध लगाइएको हो।

यसअवधिमा निगमको विमानलाई हङकङबाट यात्रु लैजान पाए पनि नेपालबाट यात्रु ल्याउन प्रतिबन्ध लगाएको हो।

सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार हङकङमा ६ आयातित केस थपिएको जनाएको छ। यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,४१८ पुगेको छ। यद्यपि, प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस आज पनि शून्य नै रहेको छ।

आयातित संक्रमित केसहरुमा फ्रान्स, फिलिपिन्स, थाइल्याण्ड, रुस, नेपाल र बंगलादेशबाट आएका व्यक्तिहरु सामेल छन्। पाँच जनामा म्युटन स्ट्रेन्स देखिएको र एक जनाको नतिजा विचाराधीन छ। संक्रमित केसहरुमा १ देखि ४५ वर्ष उमेरबीचका दुई पुरुष र चार जना महिला सामेल छन्। ती सबै समूह ए (उच्च जोखिम) वर्गीकृत देशबाट हङकङ आएका रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ३८ जनाको उपचार भइरहेको छ। आज थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

46853