हङकङ कोरोना न्युज अपडेट- हङकङमा एकै दिन ९ इम्पोर्टेट केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ डिसेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार हङकङमा ९ आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,४६२ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित नयाँ केसमा बेलयातबाट आएका २ जना र संयुक्त अरब इमिरेट्सबाट आएका १ जना सामेल छन्। त्यस्तै, बाँकी ६ केसहरू समुद्री चालक दलका सदस्य रहेका छन्। उनीहरु डिसेम्बर १ तारिख ग्लोरी स्काई कार्गो जहाजमा जापानबाट हङकङ आएका थिए।

उनीहरु सबैमा L452R म्युटन्ट स्ट्रेन्स देखिएको जनाएको छ।

पछिल्लो १४ दिनमा ५३ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ५५ जनाको उपचार भइरहेको छ। ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। १ जनाको अवस्था क्रिटिकल रहेको जनाइएको छ। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो भिडियो ब्लग हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

47032