हङकङ कोरोना न्युज अपडेट- नेपालबाट आएकी १ महिलामा कोरोना देखियो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ डिसेम्बर । नेपालबाट आएका १ यात्रुसहित ५ जना मा कोरोना पोजेटिभ पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार जनाएको छ।

डिसेम्बर ५ तारिख एयर इन्डिया AI 1314 उडानमार्फत नेपालबाट आएकी ४४ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। उनले हङकङमा कोरोनाविरुद्ध दुई डोज खोप अप्रिल २१ र मे १२ तारिखमा लिइएको जनाइएको छ।

प्रोटेक्शनले मंगलवार हङकङमा ५ आयातित केस थपिएको जनाएको छ। यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,४७२ पुगेको छ। यद्यपि, प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस आज पनि शून्य नै रहेको छ।

आयातित संक्रमित केसहरुमा अमेरिका, स्विजरल्याण्ड, पाकिस्तान, नेपाल र स्पेनबाट आएका सामेल छन्। तिमध्ये चार जनामा L452R म्युटन स्ट्रेन्स देखिएको जनाइएको छ।

पछिल्लो १४ दिनमा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।





Comments

comments

47082